• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई रकम र लगानीको हिस्सामा पूर्ण खुल्ला

64x64
नेपाल लाइभ आइतबार, फागुन १२, २०७५  १६:३६
1140x725

काठमाडौं- सरकारले नेपालमा लगानी गर्ने चाहने विदेशी लगानीकर्तालाई लगानी गर्ने रकम र लगानी हिस्साको अधिकतम सीमा नतोक्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संघीय संसद्को‍ प्रतिनिधि सभामा दर्ता गराइएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ।

विधेयकको दफा १७ मा ५ अर्ब रुपैयाँसम्मको विदेशी लगानीको लागि उद्योग विभाग र ५ अर्बभन्दा बढीको विदेशी लगानीमा लगानी बोर्डले स्वीकृत दिने व्यवस्था गरिएको छ।

तर, लगानी बोर्डको क्षेत्र अधिकारभित्र पर्ने विषयमा लगानी बोर्ड ऐन २०६८ अनुसार हुने विधेयकमा उल्लेख गरिएको छ।

कहाँ-कहाँ विदेशी लगानी?
संसदमा दर्ता भएको विधेयकको दफा ३ (१)मा विदेशी लगानीकर्ताले कुनै उद्योगमा विदेशी लगानी गर्न र त्यस्तो लगानीको लाभ प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।

तर, विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायका हकमा भने विदेशी लगानीबाट सञ्चालित उद्योगले आर्जित गरेको नाफा वा अन्य तरिकाबाट विदेशी लगानी गर्न नसक्ने व्यवस्था गरेको छ।

दफा ३ को उपदफा ३ मा कुनै पनि उद्योगमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको भन्दा कम रकमको विदेशी लगानी स्वीकृत नगर्ने व्यवस्था छ।

संसद्‍म दर्ता भएको विधेयको दफा ४ मा भने विदेशी लगानीकर्ताले एकल वा संयुक्त रुपमा वा नेपालका स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्त रुपमा पनि उद्योग स्थापना गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

साथै विधेयकमा उद्योगको जायजेथा वा सेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था पनि गरेको छ।

यसैगरी संसदमा दर्ता भएको विधेयकमा विदेशी लगानीकर्ताले हवाइजहाज, पानीजहाज, मेसिन, औजार, निर्माण उपकरण वा अन्य यस्तो उपकरणमा तोकिएको सीमाको अधीनमा रही लिज लगानी समेत गर्न सक्ने व्यवस्था गरेको छ।

साथै विधेयकको दफा ७ को उपदफा १ मा विदेशी लगानीकर्ताले नेपालमा स्थापित कुनै उद्योगका प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

हस्तान्तरण सर्तहरु भने सम्बन्धित उद्योग र विदशी लगानीकर्ताबीच भएको सम्झौताअनुसार हुने व्यवस्था गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी भएको सम्झौताका तोकिएको सीमाभन्दा बढी रोयल्टी रकम भने फिर्ता लैजान नपाउने व्यवस्था विधेयकमा गरिएको छ।

यसैगरी विधेयकको दफा ८ को उपदफा १ मा विदेशमा स्थापना भएका कुनै उद्योगले नेपालमा शाखा उद्योग स्थापना गरी विदेशी लगानी गर्न पाउने व्यवस्था गरेको छ।

साथै संसदमा दर्ता भएको विधेयकमा पूँजी लगानी कोष खडा गरेर पनि विदेशी लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

यसका लागि संस्थागत लगानीकर्ताले कुनै उद्योगमा इक्विटी लगानी गर्ने प्रयोजनको लागि प्रचलित कानुन बमोजिम कम्पनी स्थापना गरी धितोपत्र बोर्डको स्वीकृति लिई पूँजी लगानी कोष (भेन्चर क्यापिटल फन्ड) खडा गर्न सक्ने व्यवस्था विधेयकले गरेको छ।

यसैगरी संसद्‍मा दर्ता भएको विधेयकमा धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने व्यवस्था पनि गरेको छ। यसका लागि नेपालमा स्थापना भएको कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा धितोपत्र जारी गर्न प्रचलित काुनन बमोजिम अख्तियारी पाएको संगठित संस्थाले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ।

यसबाट विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र, डिभेञ्चर वा अन्य धितोपत्र जारी गरेर ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ।

यसैगरी विधेयकको दफा १२ मा विदेशी लगानी भएका कुनै पनि उद्योगले प्रचलित नेपालको कानुन बमोजिम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी सरकार वा वित्तीय संस्थाबाट परियोजना ऋण वा परियोजना लगानी सम्झौता गरी ऋण लिन पाउने व्यवस्था समेत गरेको छ।

विधेयकको दफा २० मा विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने व्यवस्था समेत गरेको छ।

विदेशी लगानीकर्ताले नेपालको प्रचलित कानुनबमोजिम आफ्नो लगानी वा उद्योग पूर्ण वा आंशिक रूपमा बिक्री गरी नेपालको कानुनअनुसार लाग्ने कर भुक्तानी गरी रकम फिर्ता लैजान पाउने व्यवस्था समेत गरिएको छ।

यस्ता छन् रकम फिर्ता लैजान पाउने अवस्था
१‍‍‍‍. विदेशी लगानको सेयर बिक्रीबाट प्राप्त रकम

२. विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम

३. उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गई खारेजी वा लिक्विडेसन पश्चात् सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम

४. प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त रोयल्टी रकम

६. लिज लगानी अन्तर्गत लिज भाडा रकम

७. नेपालमा चलेको मुद्दा, मध्यस्ता वा अन्य कुनै लगानी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जाना वा क्षतिपूर्ति रकम

८. प्रचलित कानुन बमोजिम फिर्ता लैजान पाउने रकम (रकम फिर्ता लैजादा परिवत्र्य विदेशी मुद्दा रकम फिर्ता लैजाँदा विनियम दरमा सटही गरी लैजानुपर्छ)

साथै विधेयकको दफा ३३ मा विदेशी लगानी भएका उद्योगलाई राष्ट्रियकरण नगरिने समेत उल्लेख गरिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्