पोर्ट एलिजावेथ– श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज जित्दै इतिहास बनाएको छ। श्रीलंकाले २ खेलको सिरिज २–० ले जित्दै दक्षिण अफ्रिकामा टेस्ट सिरिज जित्ने पहिलो एसियन टिमको रेकर्ड बनाएको हो।
श्रीलंकाले शनिबार सकिएको दोस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको हो। दक्षिण अफ्रिकाले दिएको १ सय ९७ रनको लक्ष्य श्रीलंकाले २ विकेटको क्षतिमा सहज रुपमा पार गरेको थियो। दोस्रो इनिङमा श्रीलंकाका लागि ओसाडा फर्नान्डोले नटआउट ७५ र कुशल मेन्डिसले नटआउट ८४ रन जोडे।
त्यसअघि पहिलो इनिङमा दक्षिण अफ्रिकाले २ सय २२ रन जोडेको थियो। श्रीलंका १ सय ५४ रनमा आउट हुँदा अफ्रिकाले पहिलो इनिङमा अग्रता लियो। तर दोस्रो इनिङमा दक्षिण अफ्रिका १ सय २८ रनमा अलआउट हुँदा श्रीलंकाले सहज लक्ष्य पाएको थियो।
खेलको म्यान अफ दि म्याच कुशल मेन्डिस र प्लेयर अफ दि सिरिज कुशल परेरा भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।