काठमाडौं– भुटानमा सम्पन्न जिग्मे दोर्जी बाङ्चुङ मेमोरियल गोल्डकपको फाइनलमा नेपालको थ्रीस्टार क्लब पराजित भएको छ। शुक्रबार थिम्पुमा भएको फाइनलमा थ्रीस्टारलाई भुटानको पारो एफसीले १–० गोलले पराजित गरेको हो।
पारोको जितमा चेन्चोले खेलको ७३ मिनेटमा गोल गरेका थिए।
यसअघि सेमिफाइनलमा थ्रीस्टारले युनाइटेड ब्रदर्श एफसीलाई ३–२ ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो। पारोले भने नेपालको त्रिभुवन आर्मी क्लबलाई हराएको थियो। आर्मीमाथि पारोले १–० को जित हात पारेको थियो। पारोमा नेपालका अर्पण कार्की गोलकिपर छन्। उनी आर्मीविरुद्धको खेलमा म्यान अफ दि म्याच भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।