काठमाडौं– टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।
गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको पाटन उच्च अदालतका रजिष्टार बाबुराम दाहालले नेपाल लाइभलाई जानकारी दिए। न्यायाधिस केशवराज जोशीको एकल इजलासले गत फागुन ५ गते मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो।
गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । कार्यसमितिले गत वैशाखमा भएको निर्वाचन लगत्तै टासी घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो ।
कर्माछिरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गरेका घरेललाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो।
नयाँ नेतृत्वसँग घलेले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिन माग गर्दै आएका थिए। तर एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा राम्रो सम्बन्ध बनाएका नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको थियो। त्यसपछि उनी एन्फाप्रति रुष्ट देखिएका थिए।
एन्फाले गत माघमा गरेको निर्णय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।