• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विगतमा निरङ्कुशता विरुद्ध लड्नुपर्ने अवस्था थियो, अब अराजकताविरुद्ध : सभामुख महरा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १०, २०७५  ०७:२१
1140x725

-प्रभाषचन्द्र झा/वासुदेव पौडेल/रासस 

पोखरा- सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए। 

समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उनले विगतमा निरङ्कुशता विरुद्धमा लड्नुपर्ने अवस्था थियो भने अबको समय अराजकताविरुद्ध लड्नुपर्ने धारणा राखे।

गण्डकी प्रदेश सरकारले 'आन्तरिक पर्यटन वर्ष' घोषणा गरेकोप्रति स्वागत गर्दै सभामुख महराले गण्डकी प्रदेश पर्यटनको आकर्षक केन्द्र भएको उल्लेख गरे। आफू १० वर्षअघि सञ्चारमन्त्रीको नेतृत्व सम्हाल्दा सञ्चार क्षेत्रको विकासका सन्दर्भमा केही महत्वपूर्ण कामको थालनी गरेको स्मरण गर्दै उनले वर्तमान सरकार पनि यस क्षेत्रको विकासका लागि अघि बढेको धारणा राखे।

प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए। उनले श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सचेत रहेको प्रसङ्ग उल्लेख गर्दै न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरिएको र यसको सुनिश्चितताका लागि बैंकिङ प्रणालीद्वारा व्यक्तिको नाममा भुक्तानीको व्यवस्था गरिएको स्पष्ट पारे।

समानुपातिक विज्ञापनका लागि सरकारले ‘विज्ञापनसम्बन्धी विधेयक’ संसद्‍मा पेस गरेको र सरकारले अब विज्ञापन बोर्डमार्फत विज्ञापन उपलब्ध गराउने मन्त्री बाँस्कोटाले जानकारी दिए। समानुपातिक माध्यमबाट विज्ञापन पाएपछि साना मिडिया बढी बलियो हुने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले नै मुलुकी संहिता सम्बन्धमा प्रेससम्बन्धी सुझावका लागि कार्यदल गठन गरेको जिकिर गरे।

Ncell 2
Ncell 2
nimb
nimb

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकको समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

ग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रीकृत मानसिकताका कारण सङ्घीयता कार्यान्वयनमा अप्ठेरो पर्दै आएको बताउँदै सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने दाबी गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य योगेश भट्टराईले सरकारको विरुद्धमा भ्रम फैलाइएको उल्लेख गर्दै प्रेस जगतकाे स्वतन्त्रता रक्षाका लागि सरकार कटिबद्ध रहेको उल्लेख गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुमार खड्काले प्रेस स्वतन्त्रता, लोकतन्त्रको रक्षा आदिमा सञ्चार क्षेत्र चनाखो बन्नुपर्ने बताउँदै कांग्रेस प्रेस स्वतन्त्रताको हिमायती रहेको बताए।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजपाका नेता लक्ष्मणराज कर्ण, सङ्घीय समाजवादी फोरमका उपमहासचिव प्रकाश अधिकारीका साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू र विभिन्न सञ्चार क्षेत्र सम्बद्ध सङ्गठनका पदाधिकारीले सञ्चार क्षेत्रको समस्या लगायतका विषयमा प्रकाश पारेका थिए।

उक्त अवसरमा सभामुख महराले विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए भने गण्डकी प्रदेशको आन्तरिक कार्यविधि लोकार्पणसमेत गरे।

पाँच पुरस्कार प्रदान

महासङ्घद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पुरस्कारबाट पाँच जनालाई पुरस्कृत गरिएको थियो। नेपाल पत्रकार महासङ्घका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार'बाट सप्तरीका शिवहरि भट्टराई सम्मानित भए। पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ।

त्यस्तै, 'गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार'बाट दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पुरस्कृत गरिएको छ। सो पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र छ। 'कृष्णसेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार'बाट काठमाडौंका बलराम थापा पुरस्कृत भए। सो पुरस्कारको राशी पनि ५० हजार रुपैयाँ रहेको छ।

यस्तै 'उमासिँह स्मृति पत्रकारिता पुरस्कार'बाट सिरहाका हिरालाल चौधरी र 'गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार'बाट अछामकी गीता कुँवरलाई पुरस्कृत गरिएको छ। दुबै पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्