काठमाडाैं- प्रदेश ५ का प्रदेशसभा सांसद उत्तरकुमार वलीको निधन भएको छ। केही दिन पहिले दाङमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका सांसद ओलीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
सांसद वली दुर्घटना भएको १६ दिनसम्म कोमामै रहेका र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
दाङको तुलसीपुरबाट विरगञ्जतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा१८च ६८३६ नम्बरको ओली सवार कार घोराही उपमहानगरपालिका-३ अन्तर्गत मुसोटको चिसापानी नजिक बेलुकी अपरान्ह करीब ४ बजे एकआपसमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो।
वलीप्रति आज बिहान नेकपा केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेकाे नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार बिहान ९ देखि १० बजेसम्म श्रद्धाञ्जलि दिने कार्यक्रम गरिने र ओलीकाे शवलाई आजै गृह जिल्ला दाङ ल्याइने छ।
नेकपा सांसद वली दाङ क्षेत्र नम्बर ३ 'ख'बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।