• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विवादमा चिया विकास निगम : लेखिँदै प्रतिवेदन, उठ्ला बक्यौता रकम?

एक एकड जग्गाको मासिक भाडा जम्मा १०३ रुपैयाँ
64x64
नेपाल लाइभ बिहीबार, फागुन ९, २०७५  २०:२१
1140x725

काठमाडौं- चिया विकास निगमले सम्झौता बमोजिम आर्थिक व्यवहार नगरेको ठहरसहित सरकारले अन्ततः हिसाब मिलान गर्ने ध्येयले कार्यदल गठन गरेको छ। झन्डै ५ महिनाअघि गठन भएको कार्यदलले मौजुदा विवादका विषय निरुपण गर्न सुझाव दिने गरी प्रतिवेदन तयार गर्दैछ। 

‘अर्थ मन्त्रालयका कानुन महाशाखाका सहसचिव उदय सापकोटाको नेतृत्वमा गठन भएको ७ सदस्यीय कार्यदलले स्थलगत अध्ययन समेत गरिसकेको छ,' कार्यदलका एक सदस्यले भने, ‘हामी विवादको खास चुरो निम्ट्याउन चाहन्छौं। छिट्टै नै सोही अनुसारको प्रतिवेदन सरकारले प्राप्त गर्नेछ।’

वि. स. २०५७ असार  १४ गते नेपाल सरकार र चिया विकास निगम निजीकरण सम्बन्धि सम्झौता भएको थियो। सम्झौताको १८ वर्षभन्दा बढी समय घर्किसक्दा पनि निगम र सरकारबीच जग्गा कायम र बक्यौता ( जग्गा भाडा वापतको रकम ) बारे विवाद सुल्झन सकेको छैन। 

चिया विकास निगमलाई सँधै उत्पादन कम देखाउँदै भाडा घटाउने र पुरानो रकम नतिर्ने खेलमा लागिपरिरहेको आरोप लाग्दै आएको छ।

‘यसको सत्यतथ्य के हो, सम्झौता अनुरुप आर्थिक अनुशासन पालना भए/नभएको विषय उजागर हुनेछ,' कार्यदलका ती सदस्यले भने, ‘लामो समयदेखि पुनरवलोकन हुन नसकेको जग्गाभाडाका विषयमा पनि प्रतिवेदनले अघि बढ्ने बाटो देखाइदिने छ।’

यसअघि पनि विवाद समाधानकै लागि २०६३ मंसिरमा राष्ट्रिय योजना आयोग एवं निजीकरण समिति सदस्य पोषराज पाण्डेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो। सो कार्यदलले २०६३ चैत ६ गते सरकारलाई निगमसँगको विवाद सल्टाउने सुझावसहित प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो। 

अघिल्लो कार्यदलले निगम र सरकारसँग भएको सम्झौताकै आधारमा सुझाव दिएको थियो। तर, सरकारले सुझाव कार्यन्यनतर्फ कुनै चासो देखाएन। बरु निजीकरण गरिएको निगमलाई नै सहज हुने गरी सरकारी सम्पत्ति सुम्पिँदै आयो। 

निगमको अगुवाइ गरिरहेका सुवास संघईले पनि शक्तिकेन्द्र रिझाउँदै ७ वटा चिया बगान सञ्चालन गरिरहे तर बक्यौता टार्दै आए। भाडा बापतको बक्यौता रकम नतिरेको सूचनासँगै सरकार र चिया विकास निगमबीचको विवाद फेरि सतहमा आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यो विषयले पुनः चर्चा पाउन थालेपछि सरकारले अर्थ मन्त्रालयका कानुन सह-सचिव उदय सापकोटाको संयोजकत्वमा सम्झौताको पुनरवलोनदेखि रकममा रहेको विवादको विषयमा अध्ययन कार्यदल गठन गरेको हो।

के थियो सरकार र चिया विकास निगमबीच सम्झौता?
नेपाल सरकार र त्रिवेणी ग्रुपका पुरुषोत्तमलाल संघईबीच २०५७ असार १४ गते चिया विकास निगम निजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको थियो। 

निगम निजीकरण प्रक्रियाअन्तर्गत निगमको ६५ प्रतिशत शेयर मूल्य २६ करोड ७१ लाख ५ हजार रुपैयाँमा प्रतिवर्ष २ करोड ८० लाख १ हजार रुपैयाँ भाडा बुझाउने गरी ५० वर्षका लागि सम्झौता भएको थियो।

सरकार र खरिदकर्ताबीच शेयर खरिदबिक्री र जग्गा भाडासम्बन्धी अलगअलग सम्झौता भएका थिए। सम्झौतामा खरिदकर्ताले २० करोड ३ लाख ३० हजार शेयर बापतको रकम सरकारलाई बुझाई बाँकी ६ करोड ६७ लाख ७५ हजार रुपैयाँको बैंक ग्यारेन्टी राख्ने उल्लेख थियो। सम्झौतामा नेपाल सरकारले चिया विकास निगमलाई ५ हजार १ सय ९६ एकड जग्गा उपलब्ध गराउने सर्त थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कौडीको भाउँमा जग्गा
निगमले अहिले एक एकड जग्गाको मासिक भाडा १ सय ३ रुपैयाँ मात्रै तिर्दै आएको छ। जब कि यो रकम जग्गा मूल्याङकनको सापेक्षिक कसीमा अत्यन्तै न्यून हो।  

यो भाडामा पनि चिया विकास निगमले विभिन्न ७ वटा बगान सञ्चालनका लागि आफूले पाएको भनी स्वीकार गरेको जग्गा भाडा मात्रै हो। निगमले ५ हजार १ सय १९ एकड जग्गामध्ये आफूले ३२ सय ४३ एकड जग्गा मात्रै पाएको दाबी गर्दै आएको छ।

सोही जग्गाको वार्षिक भाडा ४० लाखलाई रकम हामीले मासिक एक एकडको हिसाबकिताबका दरमा प्रस्तुत गरेका हौं।

निगमले सम्झौताअनुसार झापा र इलामका टोकला, चिलिङकोट, कन्याम, इलाम, सोक्तिम, बर्ने र बाह्रदशी चिया बगान सञ्चालन गरिरहेको छ। 

तर, सरकारले उपलब्ध गराएको जग्गालाई आधार मान्ने हो भने अझै एक एकड जग्गाको भाडा मासिक भाडा जम्मा ८३ रुपैयाँ ६७ पैसा मात्रै हुन आउँछ। सरकारले निगमलाई ३९ सय ८३ एकड जग्गा उपलब्ध गराएको दाबी गरेको छ। 

यो रकम पनि कुल जग्गाको वार्षिक ४० लाख भाडाकै आधारमा प्रस्तुत गरिएको हो।

सरकारले उपलब्ध गराएको भनिएको जग्गा र निगमले पाएको भनिएका जग्गा ७ सय ४० दशमलव ७३ एकडको फरक छ। अहिले बाँकी जग्गा कहाँ गयो त भन्ने प्रश्न उब्जिएको छ।

सम्झौता भएको ५ वर्षसम्म पनि खरिदकर्ताले सरकारलाई प्रतिवर्षका भाडा दाखिला नगरेपछि विवाद सुरु भएको हो। खरिदकर्तासँग सम्पत्ति समायोजन, भाडा, भुक्तानी, सम्पति हस्तान्तरण, बैंक ग्यारेन्टी नवीकरणको विषयमा विवाद चर्कन थाल्यो।

विवाद बढ्दै गएपछि निजीकरण समितिले २०६२ माघ २७ गते बैठक बसी बैंक ग्यारेन्टी राखेको रकम र भाडा रकमको ब्याजसहित बुझाउन लगाउने निर्णय गर्‍यो। तर, निर्णय लागू भएन।

खरिदकर्ताले २०६२ फागुनमा उक्त निर्णयको बहिष्कार गरी मध्यस्थतामा जाने सरकारलाई जानकारी गरायो। तर, सँगसँगै अदालती प्रक्रियामा पनि गयो।

खरिदकर्ताको उक्त निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तिरिम आदेश दियो। यसपछि विवाद झनै चर्कियो। सर्वोच्चले २०६३ साउन ९ गते अन्तरिम आदेश जारी गरेको थियो।  अहिले पनि यो मुद्दा सर्वोच्चमा विचाराधीन छ।

खरिदकर्ताले सरकारले ५ हजार १ सय ९६ एकड जग्गामध्ये ३२ सय एकड जग्गा मात्रै उपलब्ध गराएका कारण सम्झौताअनुरुप भुक्तानी गर्न नसकेको  बताउँदै आएको छ।

विवाद बढ्दै गएपछि २०६२ माघ १० मा बसेको निजीकरण समितिले  सम्झौताअनुरुप सरकारले १२ सय १२ दशमलव ३४ एकड जग्गा उपलब्ध गराउन नसकेको हुँदा उक्त जग्गा वापतको ६५ लाख ३२ हजार ६ सय ३४ रुपैयाँ कम गरी वार्षिक २ करोड १४ लाख  ६८ हजार  ३ सय ३६ रुपैयाँ बार्षिक भाडा तिर्ने सहमति गर्‍यो। तर, फेरि सहमति अनुसार निगमले सरकारलाई भाडा भुक्तानी गरेन।

२०५७ कात्तिक ४ गतेदेखि २०६२ कात्तिक ३ गतेसम्मको एकमुष्ठ ५ वर्षको भाडा १० करोड ७३ लाख ४१ हजार ८ सय ३० रुपैयाँ निगमले आफ्नो वासलातमा दायित्व सृजना गरी नेपाल सरकारलाई तिर्नुपर्ने भनिएको थियो।

त्यसमा पनि निगमले नाफा आर्जन गरी आगामी १० वर्षभित्र सो भाडा रकम भुक्तानी गर्ने सम्झौता भएको थियो। तर, १४ वर्षहुँदा पनि पुरानो भाडा वापतको बक्यौता रकम चुक्ता गरेको छैन।

‘०६२ सालको सम्झौतापछि निगमले कहिल्यै पनि नाफा देखाएको छैन,' अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘हरेक वर्ष निगम घाटामा गएको मात्रै देखाउनुको कारण पुरानो रकम भुक्तानी नगर्ने निगमको रणनीति हो।’

सँधै भाडा रकममा किचलो गर्ने निगमले आव ०६०/०६१ मा ५३ लाख १२ हजार ३ सय १६ केजी, आव ०६१/०६२मा ५७ लाख ६२ हजार २ सय ३७ केजी र आव ०६२/०६३मा ५२ लाख ९४ हजार ४ सय ९३ केजी हरियो पत्ति उत्पादन गरेको तथ्याङ्क देखाएको छ।

‘यो तथ्यांक सर्वथा गलत छ, यसले पनि सन्देह पैदा गरेको छ,’ चिया विकास बोर्डका एक कर्मचारीले हँस्यौली शैलीमा भने, ‘वार्षिक रूपमा चिया उत्पादनको तथ्यांक सार्वजनिक गर्ने बेलामा पनि उनीहरूसँग तथ्यांक लिने भने ठुलै जित हात पार्नु जस्तो हुन्छ।’

आश्चर्य त के छन् भने सरकार फेरि निगमले नै  दिएको तथ्यांकलाई आधार मानेर भाडा घटाउने निर्णय गर्छ। स्रोतले भन्यो, ‘काले-काले मिलेर भनेर खाऔं भाले, भनेको यही हो।’

सरकारले निगमकै तथ्यांकलाई आधार माने २०६२ कात्तिक ४ गतेदेखि ५ वर्षका लागि वार्षिक ४० लाख रुपैयाँ भाडा र नाफामा गएपछि नाफाको १० प्रतिशत रकम समेत जोडी भाडा दाखिला गर्नुपर्ने भनी सम्झौता गरेको थियो। 

५ वर्षपछि  २०६७ मा पुनः भाडा समायोजन गर्नुपर्ने हो। तर, सत्ता र पावरकै भरमा पुनः भाडा तय नगरी निगम घाटामा गएको तथ्यांक पेस गर्दै खरिदकर्ताले अहिले पनि ४० लाख रुपैयाँ वार्षिक भाडा तिर्दै  आएको छ। 

निगमले आव ०७१/७२ मा आइपुग्दा पनि हरियो चियापत्ति उत्पादन खासै बढाएको तथ्यांक देखाएको छैन।

तर, आर्थिक वर्ष ०६२/०६३ को तुलनामा आव २०७१/०७२ मा आइपुग्दा २३ लाख ६८ हजार ७ सय २९ केजी हरियो पत्ति, आव १९ लाख २५ हजार ७ सय ८१ केजी र आव २०७३/०७४ मा २३ लाख ५२ हजार ७ सय ३७ केजी हरियो पत्ति उत्पादन गरेको छ। तर, निगमले अझै पनि घाटामा गएको देखाउँदै पुरानै भाडा वापतको रकम पनि तिरेको छैन भने सरकारले पनि नयाँ भाडा तय गर्न सकेको छैन। 

चिया विकास निगमले पाएको जग्गा विवरण

 

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्