काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको औपचारिक पुष्टि नेपाल प्रहरीले गरेको छ।
श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले नेपाललाइभलाई बुधबार राति जानकारी दिए। उनले भने, “पक्राउ गरिएको छ।”
उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
श्रेष्ठलाई मुलुकी फौजदारी संहिता, २०७४ को वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो।
उनीविरुद्ध पक्राउ पुर्जी जारी नगरी पक्राउ गरिएको बताइएको छ। “सबै कुरा कानुनबमोजिम हुनेछ,” काफ्लेले भने। उनले उजुरीका आधारमा पक्राउ गरिएको बताए।
तर, उजुरीकर्ताको नाम भन्न नमिल्ने उनको भनाइ छ। तर दीपिका सिंहकाे उजुरीका आधारमा पक्राउ गरिएकाे बताइएकाे छ ।
श्रेष्ठको पक्राउको विरोधमा सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू भाइरल भएका छन्।
यो पनि पढ्नुहोस्
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ
-1786553885.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।