काठमाडौं– पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सरकारले पक्राउ गरेर ठीक गरेको प्रतिक्रिया दिएकी छिन् ।
पत्रकारिताको भेषमा श्रेष्ठले महिलाहरुलाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोपसमेत उपसभामुखले लगाएकी छिन् ।
उनले भनेकी छिन्, ‘यो श्रीसा कार्की लाई आत्महत्या गराउने र कयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौं महिला दिदिबहिनीको चरित्र हत्या गरेको छ । यसको जनआस्था पत्रकार आचार संहिता विपरीत रहेको छ । यो राक्षस लाई के भन्ने ????? ’
यो पनि पढ्नुहोस्
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।