काठमाडौं– पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गर्नुको स्पष्ट कारण खुलाएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरूद्ध विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको बताइएको छ।
यद्दपि उनीद्वारा सञ्चालित जनआस्था पत्रिका र अनलाइनमा व्यक्तिगत गोपनीयता हनन हुने गरी प्रकाशित समाचार र पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।