काठमाडाैं- अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छिन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिनसहितकाे १३ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएकाे हाे।
नेपाल बसाइमा विदेशमन्त्री करिन नेतृत्वकाे प्रतिनिधिमण्डल र नेपालका परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्नुहुने छ।

विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि सामेल छन्। विदेश मन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ।
अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत विकास, सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ।
विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।