काठमाडौं- लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’का विषयमा नेपाली कांग्रेस र नेकापाका सांसदबीच संसद्मा घोचपेच भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अमरेश कुमार सिंह र सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलबीच घोचपेच चलेको हो।
सत्तापक्षीय केही व्यक्तिको आपत्तिपछि शर्माले युट्युबबाट गीत हटाएको विषयमा कांग्रेस सांसद अमरेशकुमार सिंहले संसदमा कुरा उठाएका थिए। उनले सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए।
उनको उक्त शैलीबाट आक्रोशित सत्तारुढ दलका सांसद रावलले सिंहलाई नै पुरस्कारको घोषणा गरिदिए। उनले भने, ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यही गीत संसद्मै गाउनुभयो भने वहाँलाई मेरो एक महिनाको तलब दिने घोषणा गर्न चाहन्छु।’
उनले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएको बताउँदै वर्तमान सरकारलाई भने राक्षस, यमराज, कुकुरको संज्ञा दिएको भन्दै आपत्ति जनाएका थिए। यसैगरी गीतले देश लुट्न प्रेरित गरेको पनि उनको विमति थियो।
गायक शर्माले अज्ञानतावस यस्तो गीत गाएको ठानेको तर प्रतिपक्ष दलका सांसदले पुरस्कार घोषणा गरेपछि गीत गाउनुको रहस्य बाहिरिएको उनले उल्लेख गरे। व्यङ्ग्य गर्दै उनले भने, ‘सरकारले गीतमा कुनै पनि प्रतिबन्ध लगाएको छैन। भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्।’
यो पनि पढ्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।