काठमाडौं– सत्तापक्षीय व्यक्तिहरुको आक्रोशपछि युट्युबबाट गीत हटाएका पशुपति शर्माको गीतप्रति कांग्रेस सांसद अमरेशकुमार सिंहले संसदमा कुरा उठाएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शर्माको गीत जनबोली भएको भन्दै उनलाई पुरस्कार घोषणा गरेका छन्। 'म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार सम्मान स्वरुप उहाँलाई पुरस्कार दिने घोषणा गर्दछु', उनले भने।
उनले जनताको भावनालाई सरकारले सम्मान गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।