काठमाडौं– नेकपाका सांसद झपट रावलले भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षी दल कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् भन्दै कामना गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै रावलले भने–
'सुशील कोइरालाको सरकार भएको पालामा 'जापान पनि यही अमेरिका पनि यही' भन्ने गीत गाए, उनै गायकले यस सरकारलाई भने राक्षश, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गाए। यसमा मैले अज्ञानता वा नियत भन्ने ठानेको थिँए।
एकजना प्रतिपक्षी सांसदले यही गीतलाई पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ। सरकारले कुनै पनि प्रतिबन्ध लगाएको छैन। भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्।
र, पुरस्कार घोषणा गर्ने सांसदलाई यहीं गीत गाउनु भयो भने उहाँलाई मेरो एक महिनाको तलब दिने घोषणा गर्न चाहान्छु।'
पशुपति शर्माले गाएको 'लुट्न सके लुट' गीतप्रति सत्तापक्षीय विभिन्न व्यक्तिहरुले आक्रोश व्यक्त गरेपछि उनले सो गीत युट्युबबाट हटाएका थिए। संसदमा यो विषय उठाउँदै कांग्रेस सांसद अमरेशकुमार सिंहले संसदबाटै पुरस्कार घोषणा गरेपछि रावलले प्रतिवाद गरेका हुन्।
'म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार सम्मान स्वरुप उहाँलाई पुरस्कार दिने घोषणा गर्दछु', सिंहले भनेका थिए।
पशुपति शर्माको गीतप्रति अमरेशकुमार सिंहको समर्थन, पारिश्रमिकबाट पुरस्कार दिने घोषणा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।