काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका हुन्।
सो भेटमा उनीहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।