काठमाडौं- विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५औं स्थानमा परेको छ। हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूकोे सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो।
‘सन २०१५ को भूकम्पका कारण रहर टुटेको सहर र शोकमा डुबेको काठमाडौं विस्तारै तंग्रिरहेको छ। पुनर्निर्माण र पुनरुत्थानको क्रममा रहेको काठमाडौं फेरी आफ्नो ऐतिहासिकता र मौलिकतातिर फर्किरहेको छ। सहरका ऐतिहासिक स्थलहरू आफ्नो पूर्व महिमामा फर्केका छन्। शहरको ट्राफिक व्यवस्थापन र धुलो धुवाले उब्जाएको समस्या अवश्य छ। तरपनि काठमाडौं फेरी पुरानो सहरको पहिचान स्थापित गर्न उद्दत छ,’ लोन्ली प्लानेटले उल्लेख गरेको छ।
विश्वका दश उत्कृष्ट शहर
कोपनहेगन, डेनमार्क
सेञ्जेन, चीन
नोभी साद, सर्बिया
मियामी, अमेरिका
काठमाडौं, नेपाल
मेक्सिको सिटी, मेक्सिको
डकार, सेनेगल
सिएटल, अमेरिका
जदार, क्रोएसिया
मेक्नेस, मोरक्को
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।