काठमाडौं– सार्वजनिक खर्च पुनरावलोकन आयोगले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको छ।
विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचना अनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले अर्थ मन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो।
डा. डिल्लीराज खनालको अध्यक्षतामा गठित सार्वंजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन बुझ्दै मन्त्री खतिवडाले आयोगले सुझाएका विषर्य सरकारले क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताए।
मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तिय अनुशासन कायम गर्ने लगायतका विभिन्न पक्षका बारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष डा खनालले बताए।
कार्यक्रममा अर्थ सचिव डा. राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्याहरुलाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन सम्रग सुधारको एउटा अंग रहेको बताए।
सरकारले २०७५ साल भदौं ३ गते सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।