काठमाडौं– खाल्डो खनेर १८ किलो सुन लुकाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका २ दशरथ बस्तीबाट आज उक्त सुन बरामद गरेको थियो।
स्थानीय शंकर विकको घरमा खाडल खनेर राखिएको अवस्थमा सुन बरामद गरिएको हो। कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले सुन तस्करी आरोपमा लक्ष्मण तिरुवालाई पक्राउ गरेको बताए।
तिरुवा विककै ज्वाइँ हुन्।
बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख एसएसपी विक्रम चन्दले बताए।

घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको थियो। कालो कपडामा बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा सुन बरामद भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।