काठमाडाैं- राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सदस्य उदया शर्मा पौडेलले त्रिवि विश्वविद्यालयको १२ सय रोपनीे जग्गा मध्ये १ सय ८ रोपनी ४ आना जग्गामा बनेको ९ वटा भवनहरु ल्याब्रोटरी स्कुलले झन्डै ६ दशकदेखि नि:शुल्क रुपमा भोगचलन गर्दै आएको समाचारबारे यथार्थ जानकारी गराउन माग गरिन्।
कमला कुमारी ओली कैलालीको भजनी-३, कुसुमघाटमा मिनी भन्सारमा कर्मचारी नभएको र प्रहरीहरुले सामान निकासी पैठारी गर्ने सर्वसाधरणलाई दु:ख दिने काम गरेको भन्दै तत्काल सो स्थानमा कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराए।
अर्का सदस्य खिमकुमार बिकले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम निर्देशिकाले राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई विभेद गरेको भन्दै सच्याउन सम्बन्धित मन्त्रालयसँग माग गरे।
त्यसैगरी सांसदहरुकाे मर्यादाक्रममा पनि प्रत्यक्ष निर्वाचितलाई पहिलो, समानुपातिक सांसदलाई दोश्रो र राष्ट्रियसभाका सांसदहरुलाई तेश्रो श्रेणीमा राख्ने काम भएको भन्दै सो व्यवस्था पुनर्विचार गर्न पनि माग गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।