लन्डन– इंग्लिस क्लब टोटनह्यामले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सानदार जित हात पारेको छ।
टोटनह्यामले बुधबार राति भएको खेलमा जर्मन लिग लिडर बोरुसिया डर्टमुन्डलाई ३–० गोलले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले तीनै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४७ मिनेटमा सन हेउन मिनले उसका लागि पहिलो गोल गरे। भेर्टोगेनले ८३ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
खेल सकिन ४ मिनेट बाँकीङ्क छदा टोटनह्यामले अग्रता ३–० मा पुर्याएको थियो। लोरेन्टेले ८६ मिनेटमा तेस्रो गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।