काठमाडौं– नेपालका क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले पाँच विधामा क्रिकेट अवार्ड प्रदान गर्ने भएको छ।
सिप्यानले आगामी फागुन २१ एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड आयोजना गर्ने जनाएको हो।
पुरुष र महिला वर्ष खेलाडी, वर्षको इमर्जिङ क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट गरी पाँच विधामा अवार्ड प्रदान गरिनेछ।
वर्षको उत्कृष्ट खेलाडी पुरुषलाई नगद १ लाख ३२ हजार रुपैयाँ प्रदान गरिनेछ। अन्या चार विधामा ६६ हजार प्रदान गरिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।