• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विश्व कण्डम दिवस : नेपालमा कण्डम प्रयोगकर्ता घट्दै, आधुनिक विधि अपनाउने कुन प्रदेशमा कति?

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १२:५१
1140x725

काठमाडौं– नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो।

नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे।

परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रियासहित कण्डम, सुइ, पिल्स, इमप्लान्स र आइयुडी पर्छन्।

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए।

सर्भेक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम साधन प्रयोग गण्डकी प्रदेशका नागरिकले गर्छन्।

कण्डम प्रयोग गर्ने जम्मा ४ दशमलव २ प्रतिशत
आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कण्डमको चर्चा हुने गर्छ। कण्डमलाई सबैतिर पाइने साधनका रुपमा समेत लिइन्छ। तर, सर्भेक्षणमा ४२ दशमलव ८ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कण्डमको हिस्सा जम्मा ४ दशमलव २ प्रतिशत मात्र छ ।

कुन आधुनिक विधि अपाउने कति?
सर्भेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन्।

स्थायी बन्ध्याकरण गराउने महिला १४ दशमलव ७ प्रतिशत रहेका छन्। त्यसपछि क्रमशः महिलालाई लगाइन सुइ ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कण्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शुन्य दशमलव १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गर्भपतन र वैदेशिक रोजगारी
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरुको संख्यामा बृद्धि भएकाले हुन सक्ने अनुमान सर्भेक्षणले गरेको छ।

आधुनिक विधि अपानाउने कुन प्रदेशका कति?
प्रदेश            प्रतिशत
प्रदेश–१       ४० दशमलव १
प्रदेश–२       ४२ दशमलव २
प्रदेश–३       ४९ दशमलव २
गण्डकी       ३७ दशमलव ३
प्रदेश–५      ३८ दशमलव ९
कर्णाली       ४४ दमलव ५
सुदूरपश्चिम   ४८ दशमलव १

परम्परागत विधि अपनाउने बढे
परिवार नियोजनको आधुनिक विधि अपनाउनेको संख्यामा ह्रास आएसँगै नेपालमा परम्परागत विधि अपानउनेको संख्यामा वृद्धि भएको छ। परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने पर्दछन्।

सर्भेक्षण अनुसार प्रजनन उमेरका ९ दशमलव ८ प्रतिशतले यस्ता विधि अपाउने गरेका छन्। जबकि सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत थिए। सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने ८ दशमलव ७ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने १ दशमलव १ प्रतिशत छन् । शून्य दबमलव १ प्रतिशतले भने अन्य विधि अपनाउने गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लक्ष्य अझै पूरा भएन
नेपालले परिवार नियोजनका साधनको प्रयोगलाई बढाउँदै सन् २०१५ भित्रमा ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनाका साधन प्रयोग गरिसक्ने लक्ष्य लिएको थियो। तर, उक्त लक्ष्य भने अझै पूरा हुन सकेको छैन। सर्भेक्षण अनुसार आधुनिक र परम्परागत गरी अहिले नेपालका ५२ दशमलव ६ प्रतिशतले मात्र परिवार नियोजनका विधि अपाउने गरेका छन्।

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्