हेटौंडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन्।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने प्रदेश सरकारले संकल्प लिएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे।
सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणको अभियानलाई अझ सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे। भ्रष्टाचारको जालो समाजको सबै क्षेत्रमा फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलको त्यसको नियन्त्रणका लागि हरेकले आफैबाट अभियान थाल्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
मुख्यमन्त्री पौडेलले तोकिएको समयसम्म काम नगर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको निगरानी गरेर अघि बढने योजना अघि सारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।