काठमाडाैं - ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा आगलागी भएको छ।
सोमबार दिउँसो करिब १ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।आगोले गाेदाम पुरै नष्ट भएको छ।
आगलागीको कारण थाहा नभएको र क्षतिबारे विवरण लिने कार्य भइरहेकाे ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।