• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कुर्था-जयनगर रेल सञ्चालन अझै अन्याेलमा, स्थानीय भन्छन्- रेलके कोनो अत्तापत्ता नही

नयाँ वर्षको प्रारम्भसम्ममा चल्छ : विभाग
64x64
नेपाल लाइभ सोमबार, माघ २८, २०७५  १३:०५
1140x725

-गोपालप्रसाद बराल/रासस 

बर्दिवास- गएकाे विवाह पञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुसी लामाे समय टिक्न सकेन। विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुङ्ग परेकी उनको खुसी रेल चल्ने कुरा अनिश्चित हुँदा नटिकेको हो।

'गेल अगहनमें विवाहपञ्चमी मेलामें जयनगर स, कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल' (गत मङ्सिरमै विवाहपञ्चमी मेलामा जयनगरबाट कुर्थासम्म रेल चल्ने हल्ला चलेको थियो) उमेरमा ५० वर्ष कटेकी सहनीले भनिन्, 'मुदा, विवाह पञ्चमीवाद सेहो दु महिना बितलागल, रेलके कोनो अत्तापत्ता नही' (तर, विवाहपञ्चमी यता पनि दुई महिना बित्न लाग्यो, रेल चल्ने कुनै अत्तोपत्तो देखिँदैन)।

इजोतीयाजस्तै कुर्था स्टेसन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन्। 'उमर सेहो आब नइ रहिगेल, सोचैछली जे एकबेर रेल चैढ्क जानकी मैयाके दर्शन कैरतों, मुदा आब इ ललसा पूरा होयवाक आस मैरगेल' (उमेरले पनि डाँडा काट्दैछ, सोचेको थिएँ एकचोटी रेल चढेर जानकीमाताको दर्शन गरौँ, तर अब यो रहर पूरा हुने छाँट देखिएन) लोहारपट्टी नगरपालिकाकै खुट्टापिपराढीका ८० वर्षीय रामदरेश यादवले निरासा पोखे।

गत मङ्सिरको प्रारम्भमा विवाह पञ्चमी मेलाको तयारी भइरहँदा जयनगरदेखि कुर्थासम्म लिक ओछ्याउने काम सम्पन्न भएकाले साे खण्डमा रामजानकी विवाह महोत्सवकै दिन रेल सञ्चालन गरिने तत्कालीन रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताएका थिए। साेही कारण कुर्था नजिकका महोत्तरी र धनुषाका बस्तीमा उत्साह देखिएको थियो। रेल चलेपछि आफ्ना कृषि उत्पादन सहजै बजार पुर्‍याएर बेचबिखन गर्न पाइने आश मर्दै गएको बलवा नगरपालिकाको अधियानपुरका किसान समसुल राइनले बताए।

धनुषाको कुर्थास्थित निर्माण भएको रेल स्टेसनबाट महोत्तरी जिल्लाका लोहारपट्टी नगरपालिकाको महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी, मधेपुरा, बगडा र जिल्लाकै पिपरा गाउँपालिकाको रतौली र रतनपुर जाेडिएका गाउँ हुन्। भङ्गाहा नगरपालिकाको पडरिया, हरिनमरी, धर्मपुर, कबिलासा र सिङ्ग्याही एवम् बलबा नगरपालिकाका भलनी, धमौरा, रौजा, बनौटा, लेउरी र अधियानपुर कुर्थाबाट नजिकका बस्ती हुन्।

कुर्थासम्म रेल चलेपछि यातायातको सुगमता र बजारसँगको सोझो सम्बन्ध स्थापित हुने कुराले यी बस्तीमा छाएको उत्साह अहिले रेल चल्ने कुरा अनिश्चित बन्दै जाँदा अन्योल बढेको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादव बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा मङ्सिर पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने बताइएकाे थियाे। तर, लिक परीक्षण सम्पन्न भइसकेको सो दूरीमा पनि रेल इञ्जिन र रेलका डब्बा व्यवस्था हुन नसक्दा सञ्चालन हुन नसकेको रेल विभागका अधिकारीले बताएका छन्।

बर्दिवास–जयनगर रेल विस्तार योजनामध्ये धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको पहिलो चरणको ३४ किलोमिटर दूरीमा लिक ओछ्याइकाे र परीक्षणसमेत भइसके पनि रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। 'कुर्थादेखि जयनगरसम्मको रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेका छौं', महानिर्देशक मिश्रले भने, 'लिक तयार भएर परीक्षणसमेत भइसके पनि ब्रोडगेज इञ्जिन र डिब्बा व्यवस्था भइनसकेकाले सञ्चालनको कुरा अनिश्चित भएको हो।' अहिले रकम जुटाउनदेखि इञ्जिन र रेलडिब्बा ल्याउन भएका प्रयत्नले आउने नयाँ वर्ष २०७६ को प्रारम्भसम्म रेल सञ्चालन हुनसक्ने मिश्रको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बर्दिवास–जयनगरसम्मको ६९ किमी दूरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाएकाे छ। पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा (बिजलपुरा स्टेशन) र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ। पहिलो चरणमा रेल प्राप्त हुनासाथ सञ्चालन हुने र दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दूरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम भइरहेको रेल विभागले जनाएको छ।

'सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा (विजलपूरा स्टेसन)सम्म रेल सञ्चालन भइसक्छ', रेल विभागका प्रवक्ता अमन चित्रकारले भने, 'विभागको तालिकाअनुसार भङ्गाहा (बिजलपुरा स्टेसन)बाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि सन् २०२० भित्र रेल सञ्चालन हुने गरी काम हुनेछ।' यद्यपि बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी दूरीमा भने अझै जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले प्रवक्ता चित्रकारको भनाइअनुसार काम हुनेमा यस भेगका सर्वसाधारण आश्वस्त भने देखिँदैनन्।

पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ। यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ। यो दूरीभित्र जग्गाको मुआब्जा निर्धारण नै नभएकाले समयमा काम सम्पन्न हुने कुरामा संशय बढेको बर्दिवास–१४ का बासिन्दा विगतमा बर्दिवास गाविसका अध्यक्ष रहिसकेका चिरञ्जीवी हमाल बताउँछन्।

जग्गा मुआब्जा विवाद कायमै रहेकाले सो खण्डमा काम अघि बढ्न नसकेको विभाग स्रोतले जनाएको छ। यो विवाद चाँडै नटुङ्गिए समयमै काम सक्न अप्ठ्यारो हुने विभागका प्राविधिकले बताउँदै आएका छन्।

भारत सरकारको ७ अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो। विसं १९९४ सुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–नकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो। सो रेलमार्गमा पनि स्तरोन्नतिको काम सुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो।

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्