काठमाडौं– एसपीबाट एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी नरेन्द्रप्रसाद उप्रेतीले राजीनामा दिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले राजीनामा दिएको नेपाल लाइभलाई जानकारी दिए। उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन्।
उनले बढुवामा असुन्तष्ट भएकाले राजिनामा दिएको बताए पनि त्यहाँभन्दा बढी बोल्न चाहेनन्। प्रहरी प्रधान कार्यालयले शनिबार राति मात्रै १४ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।
बढुवामा आफूभन्दा जुनियर बढुवामा परेको तर आफू नपरेको भन्दै उनले आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।
उप्रेतीभन्दा टेक बहादुर तामाङ, दीपक थापा, भीम ढकाल जुनियर थिए। उप्रेती प्रहरी रत्न पुरस्कारबाट समेत पुरस्कृत प्रहरी अधिकृत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।