• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

छठ पर्व  : लौकिक र अलौकिक आस्थाको अद्भूत संगम

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ९, २०७४  १७:३७
1140x725

छठ पर्व मधेसको गतिशीलतालाई सार्थक गर्ने महोत्सव हो । छठ पर्व मधेसको पहिचान भएकाले यो मधेसलाई चिन्ने आँखीझ्याल हो। 

अरुबेला उराठलाग्दो देखिने मधेसमा छठ पर्वसँगै चहलपहल र रौनक छाउँछ । धनी-गरिब सबैको मुहारमा सूर्य देवताले हाँसो टाँसिदिए जस्तो । आस्थाको यो महापर्व मधेसको दैनिकीसँग पनि जोडिएको छ, त्यो हो छठ पूजाका लागि प्रयोग गरिने हरेक सामग्री स्थानीय स्तरमा उत्पादन गरिएका हुन्छन् । चाहे त्यो ढक्की, नाङ्लो र सुपली होस् या माटोको दीयो र ढकना नै किन नहोस् । यी सबै सामग्री त्यहीँका विभिन्न समुदायले बनाउने गर्छन्। 

आफ्नै खेतबारीमा फलेका केरा र उखुले पनि छठ पर्वमा राम्रो बजार पाउँछ । अरुबेला त्यति सरसफाइ नगर्ने मधेसका अधिकांश जातिहरु छठ पर्वका लागि भनेर चोखोनितो गरिरहेका हुन्छन् । किनकि छठ पर्व विशुद्ध आस्था र पवित्रताको पर्व हो।

अरु बेला अव्यवस्थित रहने नदी, पोखरी र विभिन्न जलाशय छठ पर्वका लागि सफा पारेर झिलिमिली पारिन्छन् । हरेक वर्गका मानिसहरु मिलेर यो पर्व मनाइरहेको देख्दा पुराणमा वर्णित बाघ र बाख्रीले एउटै घाटमा पानी पिएको दृश्यलाई जीवन्त बनाउँछ। 

जब साँझको अस्ताउँदो सूर्यलाई एउटै घाटमा बसेर एकैपल्ट हजारौं हातले पश्चिमतिर फर्केर अर्घ दिन्छन्, त्यो बेला समय पनि एकछिनका लागि थामिए झैं लाग्छ । समय मौन भएको यो समयमा आँखाबाट निर्झर बग्न थाल्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्येक दिन उदाउँदो सूर्यलाई अर्घ दिन र हेर्न अभ्यस्त हात र आँखाहरुले आज एकदिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर सफल र महान् व्यक्तिलाई मात्रै सलाम गर्ने सामाजिक  प्रवृत्तिलाई ठूलो शिक्षा दिएको छ, मान्छेको महत्व जवानीको तेजमा मात्र नभई अस्ताइरहेको अनुभवको रापमा पनि रहेको छ भन्ने । सूर्यले अस्ताएर चन्द्रमालाई उदाउन ठाउँ मात्र दिँदैन, भोलि फेरि त्यति नै ऊर्जा र उत्साह बोकेर उदाउँछ । यो हाम्रो जस्तो अकर्मण्य समाजका लागि एउटा गतिलो पाठ हो।

घट्दो गर्मी र बढ्दो चिसोसँगै छठ पर्वमा प्रयोग गरिने खानेकुराले मानव शरीरलाई स्वस्थ बनाउन तारतम्य मिलाउँछ । सानो र थोरै पुँजी भएकाहरु पनि आस्थाको यो महापर्वमा मन खोलेर खर्च गरिरहेका हुन्छन् । छठ पर्व गरिने विभिन्न घाटहरुमा दर्शन गर्न आएकाहरुको लौकिक पहिरनको पनि आस्वादन गर्न पाइन्छ । भर्खरै सकिएको दशैं र दीपावलीमा किनिएका नयाँ लुगा लगाएर सुन्दरीहरुले फेसन परेड गरेको पनि देखिन्छ । यस अर्थमा यो पर्व स्थानीय स्तरमा फेसनको प्रदर्शन पनि हो भन्दा अत्युक्ति नहोला। 

भक्ति र आस्था त आफ्नो ठाउँमा छँदैछ, व्यापार र प्रदर्शन पनि हुने भएकाले यो अलौकिक पर्व लोकजीवनसँग अझ जोडिँदै गएको महसुस हुन्छ । जीवनमा धेरै मनमोहक र दुर्लभ दृश्यहरु हेर्ने अवसर पाए पनि तिनले मन त्यति उद्वेलित गर्न सकेनन्, जति छठको दिन घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिन हजारौं हात एकैपल्ट आकाशतिर फर्केको दृश्य देखेर मन अभिभूत हुन्छ । यो दृश्य हेरिरहँदा मन रोमाञ्चले जुरुक्क हुन्छ, आँखा अश्रुमय हुन्छन् । हरेक वर्ष जति हेरे पनि मानसपटलमा यो दृश्यको छाप नमेटिने गरी गढ्ने गर्छ । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अलौकिक छठी माताको लौकिक देव सूर्यसँग जोडिएर गरिएको यो पर्वले सधैं उत्साहित र आह्लादित बनाउँछ । हरेक पटक यो दृश्य नयाँ र विहंगम लाग्छ । प्रकृति र जलसँग जोडिएको मानिसको आस्था कति बलियो छ र यसले लोकलाई एकआपसमा कसरी जोडेको छ, यो हेर्न र बुझ्न छठभन्दा राम्रो अवसर अरु सायदै हुन सक्ला। 

आस्थाले नै मान्छेलाई हरेक राम्रो र नराम्रो कर्म गर्न डोर्‍याउँछ र असम्भवलाई पनि सम्भव बनाउँछ । प्रकृति खुलेको, मधेस पर्वमा भुलेर तथा लोकसंगीतमा घुलेर एकाकार भएको, व्यापारीको ओठमा मुस्कान छाएको हेर्ने र अनुभव गर्ने महान् अवसर हो छठ । सूर्यदेव पनि नरम भएर आफ्ना भक्तहरुप्रति न्यानो स्नेहको वर्षा गरिरहेछन् । यो कठिन व्रत गर्ने सबैलाई आज सूर्यले आफ्नो ओज दिएका  छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्