जनकपुर– धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ। प्रदेश सभाका सांसद तथा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्य र नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा सम्पन्न नगरसभा कार्यक्रममा आव २०७५/०७६ को संशोधित नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख पजियारले 'कृषि, उद्योग र पर्याप्त पूर्वाधार नगरपालिकाको समृद्धिको आधार' भन्ने मूल नाराका साथ नगर अघि बढिरहेको भन्दै सीमित श्रोत साधनका बाबजुद पनि न्यायोचित ढंगबाट वितरण गर्न हरसम्भव प्रयास गरेको बताए।
आव२०७४/०७५ मा केन्द्र तथा आन्तरिक स्रोतबाट करिब रु ४१ करोड १२ लाख ६ हजार यस आम्दनीमध्ये नगर क्षेत्रको विकासको लागि ३२ करोड ७ लाख २१ हजार खर्च भएको जानकारी दिए।
त्यस्तै दोस्रो नगर सभाबाट आव२०७५/०७६ को लागि ४१ करोड ९६ लाख ८० हजारको बजेट पारित गरेको मध्ये हालसम्म ११ करोड ३५ लाख २९ हजार खर्च भएको बताए।
सभाले आव २०७५/०७६ को लागि रु ५३ करोड १ लाख ८६ हजारको संशोधित बजेट पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।