रत्ननगर– चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा दुर्लभ पाटेबाघ मृत फेला परेको छ।
करीब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए।
मृत बाघको शरीरमा चोटैचोट भेटिएकाले अर्को भाले बाघले आक्रमण गर्दा सो बाघको मृत्यु भएकोे हुन सक्ने ढकालले जानकारी दिए।
राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निञ्कुजलाई खबर गरेका थिए। सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए।
गणना भएयता योसँगै दुईवटा बाघको मृत्यु भइसकेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।