राजविराज– वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा आज साँझ एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४६ वर्षीय महावीर खङ्ग खत्वे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो।
यसैगरी कृष्णसवरण गाउँपालिका–४ मा करेन्ट लागेर आजै एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४५ वर्षीय किसुनदेव शर्मा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।
आफ्नै घरको विद्युत् तार काट्ने क्रममा उनलाई करेन्ट लागेको थियो। घाइते भएका शर्माको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।