काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) संसदमा पेस भएको कर्मचारी समायोजन विधेयक संघीयताविरोधी भएको सांसदहरुको टिप्पणी, प्रजिअ प्रदेश सरकार मातहत राख्न माग।
२) माओवादी सिध्याइयो भन्ने सोचे अर्काे माओवादी जन्मने प्रचण्डको चेतावनी, मधेस र पहाडमा विकराल स्थिति आउने दाबी।
३) छानबिनको घेरामा जिल्ला न्यायाधीस, घुससहित पक्राउ परेका कर्मचारीनेताको बयानपछि न्यायपरिषद् तानियो।
४) सर्वाधिक तलब लिने फुटबलरको पहिलो सूचिमा मेसी, मासिक तलब १ अर्ब ७ करोड रुपैयाँ, क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा।
५) र, भारतीय प्रधानमन्त्री मोदीलाई राहुल गान्धीको चेतावनी, खुल्ला बहसका लागि तयार हुन आग्रह, खुल्ला बहस गर्न १० मिनेट समय माग।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।