तीन राजदूतले लिए शपथ

नेपाल लाइभ | २०७५ माघ २५ शुक्रबार | Friday, February 08, 2019 १८:५१:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उनले न्युर्याेकस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्व संस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराइन्।

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो। रासस