काठमाडाैं- आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ।
महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन्।
त्यस अवसरमा उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको सो विरोध प्रदर्शनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाइ नगर्न भन्दै सरकारलाई दबाब दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।