मन्थली– गण्डकी प्रदेश र नमुनादीप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
फाइनल प्रवेश गर्ने क्रममा नमुनादिपले शान्तिदीप युवा क्लबलाई २५–१८,२१–२५,२६–२४,२५–१३ ले पराजित गर्यो। गत वर्षको उपविजेता शान्तीदिप विरुद्धको नमुनादीपलाई जित दिलाउने क्रममा कुलबहादुर थापाले प्रेरणादायी प्रदर्शन गरे। अर्को सेमिफाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई २५–२१,२५–९,२५–२० ले हरायो।
रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालीत प्रतियोगिता शनिबार सम्पन्न हुने छ। कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ। गत संस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।