काठमाडौं– शुक्रबार सुरु बी डिभिजन लिगमा झम्सिखेल र टुसाल युथ क्लबले विजयी सुरुवात गरेका छन्। लिगको पहिलो खेलमा झम्सिखेलले ब्वाइज युनियन क्लबलाई १–० गोलले पराजित गरेको हो।
झम्सिखेलको जितमा अलिस लुङगेलीले खेलको ३९ मिनेटमा गोल गरे। ब्वाइज युनियनका सुसन लामाले प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन्। ७० मिनेटमा उनले प्रहार गरेको पेनाल्टीलाई झम्सिखेलका गोलकिपर सुवास मगरले विफल पारे।
दोस्रो खेलमा टुसालले श्री भगवती क्लबलाई १–० गोलले हरायो। टुसालका लागि एलोन राईले खेलको २२ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन्।
एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन्।
यस्तै समुह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन्। लिगको विजेताले रु आठ लाख पाउने छ। उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्। लिग रेलिगेशन बिनाको हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।
एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारी खर्चवापत रु सात÷सात लाख उपलब्ध गराइसकेको। ‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बि’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो। ‘ए’ डिभिजन लिगसमेत रेलिगेशन विनाको गरेका एन्फाले ‘बि’ डिभिजन पनि रेलिगेशन विनाकै गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।