अकल्यान्ड– घरेलु टिम न्युजिल्यान्ड विरुद्धको दोस्रो टी–२० मा भारत ७ विकेटले विजयी भएको छ। जितसँगै ३ खेलको सिरिज १–१ को बराबरी भएको छ।
शुक्रबार न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य भारतले ७ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। उसका लागि ओपनर तथा कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरे। रोहितले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडे। शिखर धवनले ३० रन र रिशव पन्तले नटआउट ४० रनको योगदान दिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा १ सय ५८ रन जोड्यो। न्युजिल्यान्डका लागि ग्रान्डहोमले ५० रन र रोश टेलरले ४२ रन बनाए। बलिङमा भारतका क्रुनाल पाण्डेले ३ विकेट लिए। भने खलिल अहमेदले २ विकेट हात पारे।
अन्तिम तथा निर्णायक टी–२० आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।