बार्सिलोना– स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक तलब लिने फुटबल खेलाडी भएका छन्।
मेसीले मासिक ७.३ मिलियन पाउन्ड (१ अर्ब ७ करोड रुपैयाँ बढी) लिने गरेको सार्वजनिक भएको हो। यो रकम कर तिर्नु भन्दा अघिको हो। मेसीले इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा झन्डै दोब्बर तलब लिने गरेको पनि सार्वजनिक भएको छ।
एल'इक्युप्सको वार्षीक तलब रिपोर्टले बढी तलब लिने १० फुटबलरको नाम सार्वजनिक गरेको छ। जसमा स्पेनिस क्लबमा आबद्ध ५ जना छन्। २–२ जना फ्रान्स र इंग्ल्यान्डका छन् भने एक जना इटालियन क्लबका फुटबलर छन्।
बढी तलब लिने १० फुटबलर
लियोनल मेसी – ७.३ मिलियन पाउन्ड
क्रिस्टियानो रोनाल्डो– ४.१ मिलियन पाउन्ड
एन्टोनी ग्रिजम्यान– २.९ मिलियन पाउन्ड
नेइमार– २.७ मिलियन पाउन्ड
लुइस सुआरेज– २.५ मिलियन पाउन्ड
गारेथ बेल– २.२ मिलियन पाउन्ड
फिलिप काउन्टिन्हो– २ मिलियन पाउन्ड
एलेक्सिस साञ्चेज– २ मिलियन पाउन्ड
केलियन एमबाप्पे– १.५ मिलियन पाउन्ड
मेसुज ओजिल– १.४ मिलियन पाउन्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।