काठमाडाैं - चोभारमा सुक्खा बन्दरगाह बनाउने क्रममा स्थानीय जनता र जनप्रतिनिधिलाई घरमै थुनेर सिलन्यास गरेको भन्दै संसदमा आपत्ति जनाइएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा बोल्दै काठमाडौं १० का सांसद राजनकुमार केसीले बुद्धिजीवी र स्थानीय प्रतिनिधिलाई थुनामा राखि सयौं सुरक्षाकर्मीको आडमा सुक्खा बन्दरगाहको शिलन्यास गरिएको भन्दै सरकारकाे आलाेचना गरे।
सभामुखमार्फत केसीले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘हामीले कस्तो विकास खोजेका हौं?’ उनले थपे ‘स्थानीय सरकारलाई थाहा छैन,प्रदेश सरकारलाई थाहा छैन। त्यसै क्षेत्रको प्रतिनिधि हुँ मलाई थाहा छैन।’ हिमाल सिमेन्ट कम्पनीबाट विस्थापित भएका कर्मचारीका आफन्तहरुको अनगिन्ती समस्या रहेको उनले प्रष्टाए । उनले भने ‘जग्गा मुआब्जाको समस्या छ।’
चाेभारमा दुई अर्ब रुपैयाँ खर्च गरेर तीन सय कन्टेनर अट्ने बन्दरगाह बनाउन लागिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयको अवरोधका विच सुक्खा बन्दरगाहको गत महिना शिलन्यास गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।