काठमाडौं–गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका हास्य कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुन्जना घिरिरे सुन्तलीले आफ्नो प्रस्तुती दिएका छन्।
अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरेपछि आफ्नो पहिलो प्रस्तुतिको लागि मलेसिया पुगेका धुर्मुस सुन्तलीलाई चर्चित लोकगायक बद्री पंगेनी, आधुनिक गायीका मेलिना राई, लोक गायीका सम्झना भण्डारीले साथ दिएका थिए
धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो। जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ । कार्यक्रममा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर मनोरन्जन लिएका छन्।
क्वालालम्पुर र पेनाङ पश्चात् अब फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तीन अर्बको लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।