म्याड्रिड– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा रियल बेटिसमाथि उत्कृष्ट पुनरागमन गर्दै भ्यालेन्सियाले सम्भावित हार टारेको छ।
सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियाले २ गोलले पछि परेको स्थितिमा पछिल्लो २० मिनेटमा २ गोल फर्काउँदा खेल २–२ गोलको बराबरीम सकियो।
खेलको ४५ मिनेटमा मोरोनले गोल गरेर रियल बेटिसलाई अग्रता दिलाए। ५४ मिनेटमा सान्चेज रोद्रिगेजले अर्को गोल गरेपनि बेटिस २–० ले अघि बढ्यो।
७० मिनेटमा भ्यालेन्सियाका चेर्यासेभले गोल फर्काए। इन्जुरी टाइमको दोस्रो मिनेटमा गामेइरोले गोल गर्दा खेल २–२ को बराबरीमा सकियो।
अब दुईबीच आगामी २८ फ्रेब्रुअरीमा सेमिफाइनलको दोस्रो लेग हुनेछ। यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल म्याड्रिडले पनि १–१ को बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।