काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुकमा लेखेकै आधारमा विद्यालय बन्द गर्न नपाइने बताएका छन्।
‘बन्द गर्दिन्छु भनेर एउटाले के भनेको थियो, त्यसैको आधारमा बन्द गर्न पनि भएन नि,’ उनले भने।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बेल्दै उनले छिसिक्क पर्चा वा फेसबुकमा लेखेको आधारमा विद्यालय बन्द गर्न नहुने बताए।
विद्यालय शान्ति क्षेत्र भएको पनि उनले स्मरण गराए।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तीकारी) ले आज निजी विद्यालय बन्द गरेपछि प्रवक्ताको यो धारणा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।