• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फर्सीको बिरुवा रोपेर सुरु भयो ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

प्रदेश ५ लाई कृषिमा आत्मनिर्भर बनाउन सबै निर्वाचन क्षेत्रमा ५० लाख
64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  ०९:४७
1140x725

बुटवल– प्रदेश ५ सरकारको महत्वाकांक्षी कार्यक्रममध्येको एक ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ सुरु भएको छ। रुपन्देहीको देवदह नगरपालिका–९ को बुद्धनगरस्थित लोकनाथ खरालको खेतमा फर्सीको बिरुवा रोपेर मुख्यमन्त्री शंकर पोखरेलले कार्यक्रम सुरु भएको घोषणा गरेका हुन्।

‘एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषि गाउँ कार्यक्रम’ सञ्चालन कार्यविधि बनाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका बाँकी ५१ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम सुरु गर्दैछ। यो कार्यक्रमबाट सरकारले कृषिमा उत्पादकत्व वृद्धि गरेर प्रदेशमा कृषि उपज आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

स्मार्ट कृषि गाउँमा ५० लाख रुपैयाँ विनियोजन गरेर किसान समूह, सहकारीमार्फत कार्यक्रम लागू हुनेछ। कार्यविधिअनुसार सरकारले दिएको ५० लाख रुपैयाँलाई ८० प्रतिशत रकम मानेर अरु २० प्रतिशत रकम स्थानीय सरकार, सहकारी, किसान समूहले लगानी गर्ने छन्। चालू आर्थिक वर्षमा सरकारले यस कार्यक्रमका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ।

स्मार्ट कृषि गाउँमा किसानहरुले गर्ने खेती प्रणालीको प्रवर्द्धनदेखि कृषि उपज उत्पादन, भण्डारण, बजारीकरणसम्मको कार्य पूरा गर्ने प्रदेश ५ कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले जानकारी दिए। ‘कार्यक्रममा उल्लेख भएको ‘स्मार्ट’ शब्दले दिगोपन, बजारमुखी, अनुकुलन, उत्तरदायी र नवीनतम प्रविधिलाई संकेत गर्छ’, घिमिरेले भने।

स्मार्ट कृषि गाउँमा किसानलाई सहयोग गर्न मल, बीउबिजन, उत्पादित वस्तु संकलन र बजारीकरण गर्न सहकारीमार्फत काम गरिने उनले जानकारी दिए। कार्यक्रमअनुसार जलवायु स्मार्ट, सिँचाइ स्मार्ट, पोषकतत्व स्मार्ट, प्रविधि स्मार्ट, बजार स्मार्टलगायतका अन्य कार्यक्षेत्र छुुट्टाइएको छ। ‘स्मार्ट कृषि गाउँ कार्यक्रमले किसानले कस्तो जमीनमा कुन खेती गर्दा लाभ हुन्छ भन्नेदेखि उत्पादकत्व वृद्धि गर्दै निर्वाहमुखी खेतीबाट व्यवसायिक खेतीप्रणाली अपनाउनका लागि हामीले किसानलाई सहयोग गर्छौं’, भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्री आरती पौडेलले भनिन्।

उनका अनुसार प्रदेश ५ का ५२ वटै निर्वाचन क्षेत्रमा गाउँ छनोटको काम सकिएको छ। ‘ती गाउँको विस्तृत प्रतिवेदन बनाएर कुन–कुन क्षेत्रमा के कार्यक्रम लागू गर्ने भन्ने पनि अन्तिम चरणमा पुगेको छ’, उनले भनिन्, ‘हामीले किसानको आयस्तरमा वृद्धि गर्नका लागि माटोको उर्वराशक्तिदेखि उत्पादन, बजारीकरणसम्ममा सहकार्य गर्नेछौं।’

मन्त्रालयले प्राविधिक हिसाबले कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग सहकार्य गर्नेछ। ‘अहिलेको अवस्थाबाट कृषिको उत्पादकत्वलाई दोब्बर बनाउनका लागि हामीले कृषिमा स्मार्ट प्रविधिको प्रयोग गर्नुपर्छ,’ विश्वविद्यालयका डिन प्रा जयप्रकाश दत्त भन्छन्, ‘माटोको उत्पादन क्षमता पहिचान गर्ने, जलवायु, प्रविधि र बजारको व्यवस्थापन गर्नसक्ने हो भने हामी दक्षिण एसियाली स्तरमा पुग्न सक्ने अवस्था छ, यसका लागि हामीले मन्त्रालयसँग सहकार्य गर्दैछौं।’

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री पौडेलका अनुसार स्मार्ट कृषि गाउँमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को टिम पनि परिचालित हुनेछ। यस्तै, कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समूहले सामाजिक परिचालनदेखि किसानको खेतबारीको अवस्थाको अध्ययनका बारेमा प्रारम्भिक विश्लेषण गर्नेछ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा भन्छन्, ‘हामीले यो कार्यक्रमलाई सकेसम्म किसानमैत्री बनाउँदै किसानले लाभ लिने मोडलमा तयार गर्न खोजिरहेका छौं। अहिले जसरी बिचौलियाले बढी लाभ लिइरहेको अवस्था छ, त्यो अवस्थाको अन्त्य हुनेछ।’

कार्यक्रमले कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाउने र किसानलाई प्रतिस्पर्धात्मक बनाउँदै दिगो रुपमा आयस्तर वृद्धि गर्ने उद्देश्य राखेको छ।

बाँझो र खाली रहेका जग्गाको उपयोग, कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धन गर्ने, खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने, कृषिमा रोजगारीका अवसर सिर्जना गर्दै महिला र युवालाई उद्यमशील बनाउनेजस्ता ४ वटा उद्देश्य लिएको सचिव देवकोटाले बताए। यो कार्यक्रम तरकारी, कुखुरापालन, पशुपालन, माछापालन र बालीजन्य उत्पादनका लागि सञ्चालन हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुख्यमन्त्री भन्छन्–उत्पादन लागत घटाएर आम्दानी बढाउनुपर्छ

कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषिमा उत्पादन लागत घटाएर किसानको आम्दानी बढाउनका लागि ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ प्रभावकारी हुने बताए।

मुख्यमन्त्रीले पराम्परागत प्रणालीलाई आधुनिक बनाउन नसक्दा नयाँ पुस्तालाई कृषिमा जोड्न नसकिएकोले कृषिलाई आधुनिक बनाएर नयाँ पुस्तालाई जोडिने उनको भनाइ थियो। उनले स्मार्ट कृषि कार्यक्रमले किसानको घरदैलोमा प्रविधि लिएर आएको र किसानले व्यवहारमा सिकेको अनुभवलाई पनि आत्मसात गरी कार्यक्रम अघि बढाइने उल्लेख गरे।

प्रदेशसभा सदस्य जाल्पा भुसाल, डा कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, प्राध्यापक डा आइपी कडेरिया, किसान समूहकी लक्ष्मी बिकलगायतले स्मार्ट कृषि कार्यक्रमलाई नमूना बनाएर प्रविधिलाई हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्