• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारकाे पहिलाे वार्षिकीकाे दिन पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन हुने

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  ०७:३१
1140x725

जनकपुर- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले चुनावमा गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने दाबी गरेका छन्।

मन्त्री महासेठले दुई तिहाई बहुमतको वर्तमान सरकारले चुनावमा गरेका प्रतिबद्धता अनुसारका काम गरिरहेको भन्दै अबको ४ वर्षमा ती प्रतिबद्धता पूरा गरेर देखाउने दाबी गरेका हुन्।

उनले सरकारले पूर्वाधारको क्षेत्रमा सडक मार्ग, रेल मार्ग र जल मार्गमार्फत् विकास गर्ने कामको सुरुवात भएको बताए।

‘सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा हामी पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन गर्दैछौँ’, महासठले भने। पूर्व–पश्चीम–उत्तर–दक्षिण रेल मार्ग, विद्युतीय रेल, काठमाडौं–केरुङ रेल मार्ग निर्माण लगायतका कामलाई सरकारले प्राथामिकताको साथ अगाडि बढाइरहेको मन्त्री महासेठले बताए।

धनुषा र महोत्तरी जोड्ने रातु खोलामा निर्माण गरिएको पक्की पुलको बुधबार उद्घाटन गर्दै मन्त्री महासेठले सरकारले गरिरहेको विकासको काम देखेर विपक्षीहरू आत्तिएको धारणा राखे। उनले भने, ‘सरकारको विकासको कामको गति देखेर विपक्षीहरू आत्तिएका छन्, नचाहिदो एजेण्डा बोकेर सरकार विरुद्ध जनतामा भ्रम छरिरहेका छन्।’

उनले प्रतिपक्षमा रहेका पार्टीहरूलाई इंगित गर्दै भने, ‘विकासको सवालमा राजनीति नगर्नुस्, बरू आउनुस्, सहकार्य गरेर देशको विकास गरौं।’ राजनीति चुनावको बेलामा मात्र गर्न समेत मन्त्री महासेठले आग्रह गरे।

यसअघि मन्त्री महासेठले सिन्धुलीको दुधौली नगरपालिका कमलाखाेंचमा निर्मित पक्की पुलको समेत उद्घाटन गरेका थिए। साे क्रममा बाेल्दै महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताएका थिए। उनले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने दाबी गरे।

उनले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताए। 'बर्दिबासबाट निजगढ, काँकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौं काँकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट सुरु गर्ने सरकारको योजना छ', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको पनि मन्त्री महासेठले जानकारी दिए। पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौँदेखि केरुङ अबको ६ महिनामा डिपिआर तयार भइसक्ने उनकाे दाबी थियाे।

जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले जानकारी दिए।

समयसीमाभन्दा १६ महिनाअघि नै बन्याे पुल

पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनापूर्व नै नयाँ पुल निर्माण सम्पन्न भएको हो। कूल २ सय ५० मिटर लम्बाई र १० दशमलब ९० मिटर चौडाईको यो पुल निर्माणको काम सकिएर साउनदेखि नै प्रयोगमा आइसकेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौंसँग जोड्ने यो पुल ‘लाइफलाइन’कै रुपमा रहेको छ। पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो।

पुल २४ करोड ६० लाख रुपैयाँ बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो। कूल ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ। यसमा १०–१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले बताए।

कमलाखाेंचकाे पुल बन्दा स्थानीयलाई सहज

कमलाखाेंचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाई ५ सय मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडाैंका प्रबन्धक निर्देशक राजेन्द्र आचार्यले बताए। पुल निर्माण भएको ७ सय ५० मिटर दायाँ-बायाँ क्षेत्रमा नदी नियन्त्रणसमेत गरिएको छ।

पुलको चौडाई १० दशमलब ५ मिटर छ भने १ दशमलब ५ मिटर दुवैपट्टि फुटपाथ छ। पुल निर्माण गर्न ६१ करोड २२ लाख रुपैयाँमा सम्झौता भएकोमा हालसम्म ६० करोड ९० लाख रुपैयाँ निकासा भएको उनको भनाइ थियो।

कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४ सय मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ। कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्