काठमाडाैं - विमानस्थल सेवा शुल्क वापतको रकम तिर्न नसक्दा निजी हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सको उडान बन्द भएको छ। उडान बन्द भएको सौर्य एयरलाइन्सले बैंकबाट लिएको कर्जासमेत चुक्ता गर्न नसकेको पाइएकाे छ।
सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्टि्य विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शूल्क वापतको ४ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न नसकदा विमानस्थल कार्यालयले उडान बन्द गराएको पनि डेढ महिना भइसकेको छ। उडान बन्द भएको सौर्य एयरलाइन्सलाई जनता बैंकले ३५ दिनभित्र लिएको कर्जाको सम्पूर्ण रकम, व्याज, जरीवान शुल्क तिर्न भन्दै सूचना प्रकाशन गरेको छ।
बैंकले गत पुस २७ गते पत्रिकामा सूचना प्रकाशन गर्दै ३५ दिनको समय दिएको हाे। ३५ दिन भित्र रकम चुक्ता नगरे कानुनी रुपमा धितोमा रहेको सुरक्षण लिलामी गरेर बैंकले लेनाअनुसारको रकम असुली गर्ने भन्दै सूचना प्रकाशन गरेको छ। सौर्य एयरलाइन्स नयाँ व्यवस्थापनले खरिद गरेपनि पुरानै व्यवस्थापनको नाममा सूचना प्रकाशन गरेको छ। दीपक खरेल सहित १५ जनाको नामसहित बैंकले सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।