काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन्।
६ वटाभन्दा बढी संसदीय समितिहरुले फोरजी सेवा सञ्चालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न नदिएर कसको सेवा गर्न खोजेको भन्दै संसदीय समितिहरुलाई प्रश्न पनि गरे।
फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दाबी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामु आफूले घुँडा नटेक्ने चेतावनी पनि दिए।
मंगलबार नेपाल टेलिकमको १५औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकमभित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले रातिराति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देशद्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।