काठमाडौं – राष्ट्रिय सर्तकता केन्द्रले २३ जिल्लाका ३७६ कार्यालयमा कार्यरत ११ सय ८ जना कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ।
केन्द्रले गरेको अनुगमनमा उनीहरुले नियम पालना नगरेको पाइएपछि कारवाहीका लागि सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालय र अन्य सरोकारवाला निकायमा लेखी पठाएको सर्तकता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए।
ठीक समयमा कार्यालयमा नआउने र तोकिएको पोशाक नलाउने तथा सम्पत्ति विवरण पेश नगर्नेहरुलाई कारवाही गर्न सिफारिस गरेको उनले बताए। यस्ता कर्मचारीलाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको उनले बताए।
केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई कारवाही गर्नुपर्नेको लागि सिफारिस गरेको थियो। यस्तै केन्द्रमा स्थानीयतहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएकोले थप ताकेता गरेको बताए। केन्द्रका अनुसार सबैभन्दा बढी प्रदेश नं २ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन। सम्पत्ति विवरण बुझाउनका लागि केन्द्रले ताकेता गरिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।