काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम दुरसञ्चार कार्यालय घोराहीका तीन कर्मचारीलाई नक्कली हवाई बिल पेस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले यसरी नक्कली बिल पेस गरी भ्रष्टाचार गर्ने तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरुले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेस गरी रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा पाइएको थियो।
दाङमा कार्यरत कर्मचारीहरुले कम्पनीको ऐन नियमविपरीत दैनिक भ्रमण भत्ताको दाबी गरी रकमसमेत भुक्तानी लिने गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।
कम्पनीलाई हानिनोक्सानी पुर्याएकाले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद तथा बिगो र जरिवाना हुनुपर्ने माग आरोपपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।