काठमाडौं– उच्च अदालत तुलसीपुर अन्तर्गत नेपालगन्ज इजलासमा कार्यरत रहेका तीन कर्मचारीले मुख्य न्यायाधीश विष्णुदेव पौडेलविरुद्ध सर्वोच्चमा उजुरी गरेका छन्।
तीन शाखा अधिकृतले न्यायाधीश पौडेलमाथि गम्भीर आरोप लगाउँदै सर्वोच्चका मुख्य रजिष्ट्रारसमक्ष उजुरी गरेका हुन्।
यसरी आफ्नै अदालतका कार्यरत न्यायाधीशविरुद्ध शाखा अधिकृतहरु वीरेन्द्रप्रकाश खड्का, भुपेन्द्र उपाध्याय र पुष्पराज जोशीले उजुरी दिएका हुन्। उनीहरुको उजुरीमा न्यायाधीश पौडेल कार्यरत रहेसम्म उच्च अदालतको हित नहुने दाबी गरिएको छ।
उनीहरुले मुख्य न्यायाधीश पौडेलको व्यहारका कारण जागिर खान समस्या भएको भन्दै रजिष्ट्रार नृपध्वज निरौलालाई गुनासो गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।