काठमाडाैं- प्रदेश नम्बर १ काे विराटनगरबाट पनि पुन: श्रमस्वीकृति जारी हुने भएकाे छ। सबै प्रदेशमा श्रम स्वीकृति लगायतका सेवा विस्तार गर्ने क्रममा सरकारले बुधबारदेखि प्रदेश नम्बर १ बाटसमेत सेवा आरम्भ गर्ने भएकाे हाे।
विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा व्यवस्थापनको तयारी पूरा भएको श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ।
विराटनगरमा श्रम कार्यालय स्थापना भएसँगै सात वटै प्रदेशमा श्रम कार्यालय स्थापना गरिएकाे छ।
कार्यालय स्थापना गरिएपछि श्रम स्वीकृतिका लागि काठमाडाैं धाउनुपर्ने बाध्यता हट्नेछ। प्रदेशस्थित श्रम कार्यालयबाट पुन: तथा व्यक्तिगत श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।