काठमाडौं- नेपाल एयरलाइन्सको वाइडबडी जहाजले जापान उडानका लागि अनुमति पाएको छ।
निगमका वाइडबडी जहाज जापान उड्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति (एओसी) दिएको छ।
नयाँ गन्तव्यमा उडानका लागि जुन देशको एयरलाइन्स हो त्यही देशको निगमक निकायबाट अनुमति पाउनुपर्ने व्यवस्था छ। सोही अनुसार प्राधिकरणले उडान अनुमति दिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए।
योसँगै अब नेपाल एयरलाइन्सले जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुल्ला भएको छ। एयरलाइन्सले पनि फेब्रुअरीभित्रै जापान उडान गर्नेगरी तयारी गरिरहेको छ।
त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यासहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ। जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन्।
निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ।
निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।